माछा पोखरीमा डुबेर २ वर्षीय बालकको मृत्यु
२०८० पुस २० गते

प्रतीकात्मक तस्वीर
नवलपरासी पूर्व । कावासोती नगरपालिका–१५ बरौलीटार बस्ने अरुण थापा मगरको छोरा २ वर्षीय अर्किस थापा मगरको डुबेर मृत्यु भएको छ ।
आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर बिहीबार दिउँसो उनको मुत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८० पुस २० गते
प्रतिक्रिया
सम्बन्धित








