वैदेशिक रोजगारमा ठगिएपछि न्याय माग्दा पीडित नै कुटिए, समाजवादी ट्रेड युनियन महासंघले जनायो आपत्ति 

काठमाडौँ । वैदेशिक रोजगारमा ठगिएपछि न्याय माग्दा पीडित नै कुटिएको समाजवादी ट्रेड युनियन महासंघ नेपालले जनाएको छ । फ्री-भिसा फ्री टिकट लिएर साउदी गएका युवाले दुःख पाएको र लागेको खर्चको क्षतिपूर्ति माग गर्दै सम्बन्धित मेनपावर पुग्दा पीडित र न्याय माग्न गएकाहरुनै कुटिएका हुन् ।

ब्रिज स्काई मेनपावर प्रालिबाट वैदेशिक रोजगारका लागि साउदी गएका चुनबहादुर तामाङ भनेअनुसारको काम र पारिश्रमिक नपाएपछि ९ महिनापछि स्वदेश फर्किएका थिए । उनले क्षतिपूर्ति माग गर्दा युवाहरूको समूह लगाएर कुटपिट गरेको र प्रहरीलाई पक्राउ गर्न लगाएको समाजवादी ट्रेड युनियन महासंघ नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

श्रमिक मजदुरको अधिकारका लागि लड्दै आएको महासंघले वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेर समस्यामा परेका श्रमिक मजदुरको उद्धार तथा क्षतिपूर्तिको लागि वकालत गर्दै आएको छ । छलफलका क्रममा सहजीकरण गर्न पुगेका वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका वरिष्ठ उपाध्यक्ष दानबहादुर लामा थोकर, केन्द्रीय सदस्य जनक राई, साङबहादुर तामाङ, पीडित चुनबहादुर तामाङ र उनको आफन्त तेजबहादुर तामाङ, रविन्द्र तामाङ लगायतलाई कुटपिट गरी उल्टै प्रहरी प्रभाग महाराजगंज चक्रपाथमा हिरासतमा राखिएको महासंघले जनाएको छ ।

महासंघले पक्राउ परेकाहरूलाई विना शर्त रिहाइको माग छ । समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष नवराज दाहालद्वारा जारी विज्ञप्तिमा प्रहरी हिरासतमा रहेकाहरूको तुरुन्त रिहाइ गर्न माग गर्दै पीडितले न्यायपूर्ण तरिकाले क्षतिपूर्ति दिलाउन आग्रह गरिएको हो । रिहाइमा ढिलासुस्ती गरे संघर्षनमा उत्रिने महासंघको चेतावनी छ ।

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =