मोसादका लागि जासुसी गर्ने ३३ जना टर्कीबाट पक्राउ
२०८० पुस १८ गते

एजेन्सी । टर्कीले इजरायलको मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जनालाई पक्राउ गरेको छ । टर्कीका प्रहरीले इजरायलको गुप्तचर सेवा मोसादका लागि जासुसी गरेको आशंकामा ३३ जनालाई पक्राउ गरेको एक मन्त्रीले बताएका छन् ।
इस्तानबुल अभियोजक कार्यालयको आतंकवाद र संगठित अपराध अनुसन्धान ब्युरोले शुरु गरेको अनुसन्धान पछि गिरफ्तार गरिएको हो । अनुसन्धानबाट संदिग्धहरूले टर्कीमा बसोवास गर्ने विदेशी नागरिकहरू विरुद्ध अपरेसनहरू सञ्चालन गर्ने योजना बनाएका पत्ता लागेको छ । जसमा आक्रमण र अपहरण समावेश छन् ।
२०८० पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित








