पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका ६ हजार ७ सय ३४ वडामा तीन महिने अभियान सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =