गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २१ हजार ८२२ पुग्यो
२०८० पुस १७ गते

एजेन्सी । गाजा पट्टीमा इजरायली हमलाका कारण प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै ५६ हजार ४५१ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले इजरायली सेनाले विगत २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएको बताऐ । यसैबीच पूर्व एन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल-अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्य गाजा पट्टीको अल-मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ ।
२०८० पुस १७ गते
प्रतिक्रिया
सम्बन्धित








