डोजर पल्टिँदा चालकको मृत्यु

चैनपुर । बझाङ सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राति पुरानो बसपार्क छेउमा भएको दुर्घटनामा चालक बित्थडचिर गाउँपालिका-६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेश चौधरीका अनुसार बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ गइरहेको डोजर दुर्घटना भएको हो । ‘सडकबाट करिब २० मिटर तल खसेको र चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको भेटियो,’ उनले भने ।

मृतक कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =