काठमाडौंको टुँडिखेलमा तमु ल्होसारको उत्साह (तस्बिरहरु)

काठमाडौंको टुँडिखेलमा आइतबार उल्लासका साथ तमु ल्होसार मनाइएको छ।

नेपाल आदिवासी जनजाति महासंघअन्तर्गत तमु ह्यालु छोज धि गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको महोत्सवका अवसरमा लामा गुरुद्वारा शान्ति स्वस्ती पाठका साथै तमु समुदायभित्रका विभिन्न १२ समुदायबाट नव वर्षका उपलक्ष्यमा १२ वटा बेलुनसमेत उडाइएको थियो।

त्यस अवसरमा गुरुङ समुदायबाट समाजका विविध क्षेत्रमा उल्लेखनीय योगदान गर्ने राजनीतिककर्मी, कर्मचारी, खेलाडी लगायतलाई सम्मान गरिएको थियो।

महोत्सवका अवसरमा गुरुङ समुदायको भेषभूषा, संस्कार र संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो। गुरुङ समुदायले प्रयोग गर्ने ऐतिहासिक मौलिक घर, कृषि कर्म गर्दा प्रयोग गरिने हलो, जुवा, कोदालो, हँसिया, ढाँकी, आफन्त भेट्न जाँदा पेरुङमा हालेर लैजाने कुखुराका भालेसहितका विभिन्न सामग्रीसमेत प्रदर्शनी गरियो।

महोत्सवका अवसरमा तमु समुदायले चाडबाडमा प्रयोग गर्ने खानेकुराका स्वाद चाख्न खरिद–बिक्री कक्षको व्यवस्था गरिएको छ। कार्यक्रममा तमु समुदायको सांस्कृतिक पहिचान झल्कने कौरा, घाटु, मारुनी, झयाउरे तथा चुट्का नृत्यसहित गीत(संगीत प्रस्तुत गरिएको थियो।

नेपालको आदिवासीमध्ये पर्ने तमु समुदायको आफ्नै भाषा, संस्कृति र मूल्यमान्यता तथा बेग्लै पहिचान छ।

तस्बिरमा हेर्नुहोस् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =