डेडिकेटेड र ट्रंक लाइन विवाद

प्राधिकरण र उद्योगीबीचको विवाद तत्काल समाधान गर्न जेटियुसिसीको माग

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले डेडिकेटेड र ट्रंक लाइनको सम्बन्धमा सरकारले हस्तक्षेप गरी प्राधिकरण र व्यवसायीहरुबीच छलफलको माध्यमबाट समाधान निकाल्न माग गरेको छ ।

आईतवार संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौं टे«ड युनियन सम्मेलनबाट नवनिर्वाचित अध्यक्ष योगेन्द्र कुँवरले सरकारसँग यस्तो माग गरे ।

उनले नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल वक्यौता रकम उठाउनको लागि उद्योगहरुको लाइन काट्दा हजारौं श्रमिकहरुले रोजगारी गुमाउनु परेको भन्दै सरकारले प्राधिकरण र व्यवसायीहरुबीच संवादको माध्यमबाट समस्या समाधान गर्न माग गरे ।

उनले उद्योगी र व्यवसायीहरुबीचको डेडिकेटेड र ट्रंक लाइनको महशुल वक्यौता रकम सम्बन्धि ठूलो समस्या रहेको बताए । उनले व्यवसायीहरु र प्राधिकरण बीचको समस्याले हजारौं श्रमिकहरु सडकमा आउने पर्ने समस्या तत्काल सरकारले समाधान गर्नु आवश्यक रहेको बताए ।

उनले डेडिकेटेड र ट्रंक लाइनको महशुल वक्यौता रकम सम्बन्धमा सरकारले हस्तक्षप गरेर निचोड निकाल्न माग गरे । उनले श्रमिकहरुको समस्या समाधान गर्नु सबैको जिम्मेवारी भएको बताए ।

उनले युनियनको नेतृत्वलाई श्रमिकको समस्या समाधान गर्ने अवसरको रुप लिएको बताए । उनले युनियनमा सबैको साथ लिएर समग्र ट्रेड युनियनको मूल्य , मान्यता र आदर्शभित्र रहेर समपर्णका साथ जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि जनाए ।

उनले नेपालको ट्रेड युनियन अधिकार प्राप्तिको लागि राजनीति भन्दा माथि उठेर ट्रेड युनियनहरुले काम गर्न आवश्यक रहेको बताए ।

उनले नीतिगत तथा पूर्वाधार निर्माणमा भएको ग्यापका विषयमा समिक्षा गर्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =