बालकुमारी घटनाबारे देउवा र ओलीसंग छलफल गर्दै प्रचण्ड
२०८० पुस १५ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन् ।
छलफल आइतबार दिउँसो २ बजे बालुवाटारमा आयोजना गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
गत शुक्रबार कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो ।
पानीजहाज बनाउने कामका लागि भाषा परीक्षामा सहभागी भएका र अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सोही आन्दोलनमा प्रहरीले गोली चलाएको थियो ।
२०८० पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








