साताको पहिलो दिन घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँ घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =