किशोरी बालिग ठहर हुँदा सन्दीपलाई कैद घट्छ, जेल नबसि उच्चमा पुर्नरावेदन गर्न पाउने

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषि ठहर गरे पनि जाहेरवालाले माग गरेबमोजिम कैद सजाय भने नहुने भएको छ।
अदालतले जाहेरवाला किशोरी नाबालिग नरहेको ठहर गरेको हो। किशोरी नाबालिग भएको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्थ्यो। तर नाबालिक नहुँदा ७ देखि १० वर्षको बिचमा कैद सजाय निर्धारण हुनेछ। सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिएको छ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले भनेको छ, ‘नुवाकोटको स्थानीय तह, काठमाठौंको स्थानीय तह र वीरगञ्जको नारायणी अस्पताल समेतको अभिलेख प्रमाणबाट जाहेरवालाको जन्ममिति २०६१ असार १८ गते देखिएको र बरदात भएको मितिमा निजको उमेर १८ वर्ष पुगिसकेको देखियो।’
सन्दीप लामिछाने र गौशला २६ नगरकोट गई काठमाडौं फर्किएर होटलको एउटै कोठामा बसेको, राति एउटै कोठामा देखिएको सो समयमा गौशला २६ घटना भएको दिनको समेत क्रियाकलाप विचार गर्दा जबर्जस्ती करणी भएको ठहर गरेको छ।
१८ वर्ष पुगिसकेकी गौशला २६ को नाजुक आर्थिक अवस्थाको समेत फाइदा उठाइ सन्दीपले करणी गरेको अदालतले भनेको छ।








