धर्ना जुलुस जस्ता कार्य नगर्न ईपीएस शाखाको आग्रह

काठमाडौँ । ईपीएस कोरिया शाखाले धर्ना जुलुस जस्ता कार्य नगर्न अनुरोध गरेको छ ।

सीप बिल्डिङको परीक्षामा सहभागी भएकाहरूले कार्यालय वरपर उपस्थित भई धर्ना जुलुस जस्ता कार्य गर्दै आएको भन्दै त्यस्तो नगर्न भनेको हो ।

धर्ना जुलुस जस्ता कार्यहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नगर्न र आफ्नो गन्तव्यमा जान अनुरोध गरेको हो ।

एक सूचना जारी गर्दै भनेको छ, ’तोकिएभन्दा बाहेकका सीप बिल्डिङ सेक्टरको परीक्षामा सहभागी परीक्षार्थीहरू यस ईपीएस कार्यालय परिसर वरिपरि उपस्थित भई धर्ना जुलुस जस्ता कार्यहरू गरिरहेको हुँदा यस कार्यालयको ध्यानाकर्षण भएको छ । सो विषयको सम्बन्धमा यस कार्यालय वरिपरि उपस्थित भई धर्ना जुलुस जस्ता कार्यहरू नगरिदिन हुन र आ–आफ्नो गन्तव्य तर्फ गई दिन हुन यस ईपीएस कार्यालय हार्दिक अनुरोध गरिन्छ ।’

उच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराइएको ईपीएस कार्यालयले जनाएको छ ।

बाँकीले फाराम भर्न नपाएपछि भएको आन्दोलनका क्रममा भएको झडपमा आज बालकुमारी क्षेत्रमा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =