बालकुमारी घटना

मन्त्री ज्वालाको गाडी जलाउने ५० जनाभन्दा बढी पक्राउ

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा संलग्न आरोपमा पक्राउ पर्नेहरुको संख्या ५० नाघेको छ ।

पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

मन्त्री चढ्ने गाडी प्रदर्शनकारीले जलाएसँगै प्रहरीले आन्दोलनकारीविरुद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ ।

दैलेख घर भएका सुजन रावत र डोटी घर भएका विरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता (डिआईजी) कुवेर कडायतले बताए ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२झ ५८६१ नम्बरको गाडी जलाएका छन् ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले ग्वार्को क्षेत्रमा गरेको प्रदर्शनका कारण शुक्रवार सो क्षेत्र तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस र त्यसपछि गोली चलाएको थियो ।

कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरुको समूहले ईपिएस कार्यालय अगाडि चक्रपथमा आगजनी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =