इपिएस आन्दोनकारीमाथि अश्रु ग्यास प्रहार,ग्वार्कोमा तनाव
२०८० पुस १३ गते

काठमाडौं । ललितपुरको ग्वार्को–बालकुमारी सडकखण्ड तनावग्रस्त बनेको छ ।
शुक्रबार दिउँसो ग्वार्कोमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि तनावग्रस्त बनेको हो ।
इपिएस परीक्षार्थीहरूले मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगजनी गरेका हुन् । आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ ।
घटनास्थलमा खटिएका प्रहरीले इपिएस परीक्षार्थीहरूमाथि अश्रु ग्यास प्रहार गरेको छ । परीक्षार्थीहरूले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।
प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारेको छ । अहिले त्यहाँ सवारी आवागमन पनि अवरूद्ध बनेको छ। अहिले ग्वार्कोमा ठूलो संख्यामा प्रहरी खटिएको छ ।
२०८० पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








