वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध पत्नी जानकीले दिइन् यौनजन्य शोषण र मानसिक हिंसाको मुद्दा

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा घरेलु हिंसा गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । उनकी पत्नी जानकी पाण्डेले आफूमाथि घरेलु हिंसा गरेको भन्दै भण्डारीविरुद्ध बुधबार मुद्दा दायर गरेकी हुन् ।

अधिवक्ता समेत रहेकी पाण्डेले आफूमाथि श्रीमानले शारीरिक, मानसिक, आर्थिक र यौनजन्य शोषण गरेको आरोप लगाएकी छन् । निवेदन अधिवक्ता डा. भण्डारीले विवाह लगत्तैदेखि आफूमाथि विभिन्न लाञ्छना लगाई दुर्व्यवहार गरेको उल्लेख छ । आफूलाई ज्यान लिने भन्दै धम्क्याउने, आफ्ना बाबुआमालाई सताउने लगायतका काम गरेको भन्दै उनले संरक्षणात्मक आदेश मागेकी छन् ।बुध

बार नै जिल्ला अदालतमा पाण्डेले भण्डारीमाथि नाता कायम गरिपाँउ भनी अर्को निवेदन समेत दर्ता गरेकी छन् । २०७४ सालमा आफूसँग विवाह गरेका श्रीमान् सुरेन्द्र भण्डारीले विवाह दर्ता गर्न इन्कार गरेको आरोप छ । भण्डारीले २०८० सालको मिति राखेर मात्रै विवाह दर्ता गरिदिन्छु भनेको भन्दै उनले विवाह भएकै मितिमा विवाह दर्ता हुनुपर्ने मागसहित अर्को मुद्दा दर्ता गरेकी हुन् ।

आफूलाई पत्नीको रुपमा स्विकारेर परम्परागत विवाह गरेपछि करिब ६ वर्षदेखि आफूहरू पतिपत्नीको रुपमा बसेपछि डा. भण्डारीले विवाह दर्ता नगरिदिएको भन्दै उनले बिहे दर्ताको आदेश जारी हुनुपर्ने माग गरेकी छन् । बिहेपछि ललितपुरको सैंबुस्थित सुरेन्द्रको घरमै उनी बस्दै आएकी थिइन् ।

प्रतिक्रिया

One thought on “वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध पत्नी जानकीले दिइन् यौनजन्य शोषण र मानसिक हिंसाको मुद्दा

  1. प्राकृतिक सिद्धान्तको बिपरीत नियम कानुन भएको कारण यस्तो शिक्षित वर्गमा समस्या देखा परेको हो । अधिवक्ताहरु यो समस्याबाट गुज्रिरहेको छ भने अरुको के हाल होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =