स्रोत नखुलेको २० लाख रूपैयाँसहित विराटनगरबाट एक जना पक्राउ
२०८० पुस ११ गते

स्रोत नखुलेको १९ लाख ९० हजार रूपैयाँसहित आज साँझ विराटनगरबाट एक जना पक्राउ परेका छन् । उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद साहलाई विराटनगर-११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा उक्त रकम बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
२०८० पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित








