क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
२०८० पुस ११ गते

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन् ।
काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा बिहीबार लागि पेशी तोकिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।
जाहेरवाला पक्षको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन् ।
नाबालिग बलात्कार अभियोग लागेका लामिछानेविरूद्धको मुद्दामा पटकपटक पेशी सर्दै आएको छ । अहिले भने अन्तिम सुनुवाइ भइरहेको हो । बहस सकिएपछि यस मुद्दाको फैसला आउनेछ ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीपविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
२०८० पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित








