बल्ल बस्यो समाजवादीको मोर्चाको बैठक

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मोर्चामा आबद्ध दलका शीर्ष नेताहरु सहभागी रहेको बैठक जारी छ ।

बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको बताइएको छ । २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चाको पहिलो बैठक असार २३ गते बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =