मेलम्चीको पानी काठमाडौँ आउँदैन भन्ने भाष्यलाई गलत साबित गर्नुछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन् ।

मंगलवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपयोग गर्न नपाएको गुनासो आफूले सुनिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफूले सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए ।

मेलम्ची खानेपानीको समस्याबारे आफूले सबै सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि काम अघि बढाएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

उनले भने ‘मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत साबित गर्नुछ । १७ करोड लिटर पानी एक महिना भित्र सुन्दरीजलमा पु¥याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजनासहित अहिले म काम गरिरहेको छु । मेलम्चीको दोस्रो चरणको आयोजनाबारे पनि संवाद जारी छ । त्यतिमात्रै होइन खानेपानी सम्बन्धी काम गर्ने निकायको संरचनागत सुधार गर्नेतर्फ प्राथमिकता रहनेछ ।’

प्रधानमन्त्री दाहालले खानेपानीसम्बन्धि काम गर्ने निकायको संरचनागत सुधार गर्ने कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =