मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गर्ने थप एक जना पक्राउ
२०८० पुस १० गते

फाइल तस्बीर ।
कठमाडौं । मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
२३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका–९ का सुरजकुमार शाही पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो । स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन् ।
शुक्रबार उजुरी दिए पनि आइतबारमात्र दर्ता भएको थियो ।
यसअघि सोरू गाउँपालिका–९ का ५४ वर्षीय झ्यापु शाही र सोही पालिकाको वडा–६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
झ्यापु र धनलाई आइतबार नै पक्राउ गरिएको हो ।
लामो समयदेखि जातीय विभेद भोग्दै आएको भन्दै उनले ’जातीय भेदभाव तथा छुवाछुत कसुरमा’ जाहेरी दिएकी हुन् ।
२०८० पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








