यसरी मनाइँदै छ नेवार समूदायको विशेष पर्व ‘यःमरि पुन्हि’ (तस्बिरहरू)

काठमाडौँ । आज नेवार समूदायको विशेष पर्व अर्थात् योमरी पूर्णिमा (यःमरि पुन्हि) हो । योमरी नेवार समुदायमा प्रचलित एक विशेष परिकार हो । अहिले नेवारमा मात्र नभएर अन्य समूदायमा पनि यसको लोकप्रियता बढ्दै गएको छ ।

चामलको पिठोभित्र चाकु हालेर बनाइने यो परिकारमा कसैकसैले तीलको सट्टा खुवा पनि प्रयोग गरिएको पाइन्छ ।

योमरीमा रहेको चामलको पिठोमा कार्बोहाइड्रेट, चाकुमा ग्लुकोज, तीलमा प्रोटिन जस्ता तत्व पाइन्छ । यसले शरीरलाई ताप र ऊर्जा प्रदान गर्दछ ।

नेवारहरू यस दिनमा पकाएको योमरीलाई ढुकुटीमा राखी पूजा गर्दछन् र चार दिनपछि छोरीचेलीलाई बोलाएर प्रसाद स्वरुप खुवाउने गर्दछन् । किंवदन्ती अनुसार योमरी पूर्णिमालाई धनदेवी सन्तुष्ट पार्ने दिनको रुपमा पनि चिन्ने गरिएको छ ।

हेर्नुहोस् तस्बिरहरू  :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *