नारायणी नदीबाट हाम फालेकी महिलाको उपचारको क्रममा मृत्यु
२०८० पुस ९ गते

काठमाडौं । नारायणी नदीको पुलबाट हाम फालेकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार बिहान ७ः५५ को समयमा अन्दाजी ४० वर्षीय महिलाले पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए छ । ती महिलाको अझै पहिचान खुल्न सकेको छैन ।
पुलबाट हाम फालेको सूचना पाउना साथ विपद सहितको टोलीले तत्काल उद्दार गरि उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएको थियो ।
बोल्न नसक्ने अवस्था रहेकी ती महिलालाई चिकित्सकले ९ः१० बजेको समयमा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजय राज पण्डितले जानकारी दिए ।
उनको शव सरकारी अस्पतालको शव गृहमा राखिएको छ ।
२०८० पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








