सजाय भुक्तान गरेर छुट्ने दिनमै कैदीको मृत्यु

काठमाडौँ । मोरङ जिल्ला कारागारका कैदीको मृत्यु भएको छ । लेनदेनसम्बन्धी ठगी मुद्दामा कैद सजाय भोगिरहेका विराटनगर महानरपालिका-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि कोशी अस्पतालमा लगिएको थियो । दुई दिनदेखि सोही अस्पतालमा उपचार गराइरहेका उनको बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजाय तोकेको थियो । अदालतले उनका लागि तोकेको कैद सजाय आजै सकिदै थियो । सजाय सकिने दिन नै उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =