पत्रकार सम्मेलन

पुराना ३५९ थान मुद्दाहरू आगामी असार मसान्तसम्म फर्छ्यौट गर्छाै : विशेष अदालत

काठमाडौँ । विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरू आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्ने लक्ष्य राखेको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीले बाँकी रहेका ३५९ पुराना मुद्दा असार मसान्तसम्म सकिसक्ने कार्ययोजनाअनुसार काम गरिरहेको बताए ।

उनले अदालतले साउनदेखि आगामी असारसम्म दर्ता हुने नयाँ मुद्दाहरू पनि असार मसान्तसम्म ५० प्रतिशत फर्छ्यौट गरिसक्ने कार्ययोजना रहेको बताए । उनले गत साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएको बताए ।

उनले अघिल्लो आर्थिक वर्ष अर्थात् असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान रहेको बताए । उनले जम्मा लगत भनेको अहिले विशेष अदालतमा ४३४ थान मुद्दा रहेको पनि बताए ।

उनले जसमध्ये १२३ थान (२८.३४प्रतिशत) फर्छ्यौट भएको बताए । उनले बाँकी मध्ये पनि विशेष अदालतमा २ वर्ष नाघेका मुद्दा ७२ थान रहेकोमा अहिले थान सकिएर ७० थान रहेको बताए ।

विशेष अदालतमा रहेका मुद्दामध्ये गैरकानूनी सम्पत्ति आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पत्ति शुद्धीकरणका मुद्दा २९ रहेको बताए । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको उनको भनाइ छ ।

उनले भने ‘हामीसँग अघिल्लो आर्थिक वर्ष अर्थात् असार मसान्तसम्म बाँकी रहेका मुद्दा ३५९ थान थिए । साउनदेखि मंसिर मसान्तसम्म ७५ थान मुद्दा नयाँ दर्ता भएका छन् । जम्मा लगत भनेको अहिले हामीसँग ४३४ थान मुद्दा रहेका छन् । यसमा १२३ थान फर्छ्यौट भएको छ । टोटल लगतको २८।३४ प्रतिशत फर्छ्यौट भएर हामीसँग ३११ थान मुद्दा बाँकी छ । बाँकी मध्ये पनि हामीसँग २ वर्ष नाघेका मुद्दा ७२ थान देखिन्छ । अहिले २ थान सकिएर ७० थान २ वर्ष नाघेका मुद्दा बाँकी छ । हामीसँग गैरकानूनी सम्पत्ति आर्जनका ३३, निर्णयगत (अनियमितता) का २६८, नक्कली प्रमाणपत्र १८, घुस रिसवत मुद्दा ८६ थान, सम्पत्ति शुद्धीकरणका मुद्दा २९ रहेका छन् । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२५ थान मुद्दा फर्छ्यौट लक्ष्य राखेकोमा त्यसमा ११६ थान मुद्दा फर्छ्यौट भएको छ । नयाँ तर्फ ५ महिनामा ११ थान फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फर्छ्यौट भएको छ । टोटलमा हेर्दा १३६ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा ११८ थान फर्छ्यौट भएर ८६।७६ प्रतिशत फर्छ्यौट भएको छ । पुराना मुद्दा ३५९ जुन छन्, ती मुद्दा असार मसान्तसम्म सबै मुद्दा फर्छ्यौट गर्ने कार्ययोजनाले तोकेको छ । हामी अहिले साउनदेखि असारसम्म जति मुद्दा दर्ता हुन्छन्, त्यसको ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने कार्ययोजना बनाएका छौँ ।’

नयाँ तर्फ ५ महिनामा ११ थान फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा २ थान फर्छ्यौट भएको बताए । १३६ थान मुद्दा फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरेकोमा ११८ थान फर्छ्यौट भएर ९८६।७६ प्रतिशत० फर्छ्यौट भएको बताए ।

कार्यक्रममा बोल्दै विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवरले विशेष अदालतमा पनि चाँडै नै मुद्दाहरूको अनलाइन दर्ता सुरु गर्ने बताए । उनले सेवाग्राहीको खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि भर्चुअल हेयरिङ सुरु गर्ने योजना अघि सारिएको बताए ।

उनले भने ‘७७ जिल्लाबाट वकपत्र गर्नको लागि आफ्नो स्टेटमेण्ट दिनको लागि अदालतसम्म आउनुपर्ने खर्च, समय, श्रोतमा कमी ल्याउनको लागि हामीले भर्चुअल हेयरिङ सुरु गर्ने प्लान गरेका छौँ । छिटै हामी स्टार्ट गर्नेछौँ । त्यो भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो लयर राखेर मुद्दाको सुनुवाइ गर्न सक्नुहुनेछ ।’

उनले अनलाइन दर्ता सुरु भइसकेपछि सेवाग्राहीले प्रत्येक जिल्लाबाट हाफ्नो वकिलबाट मुद्दाको सुनुवाइ गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =