पश्चिमी मंगोलियामा माइनस ५० डिग्री सेल्सियस तापक्रम, वर्षकै सबैभन्दा चिसो

एजेन्सी । देशको मौसम अनुगमन एजेन्सीकाअनुसार पश्चिमी मङ्गोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ ।

यस वर्षकै यो सबैभन्दा बढी चिसो हो ।

गत हप्ताको सुरुदेखि रूसको साइबेरियाबाट सुरु भएको चिसो मङ्गोलियाका अधिकांश स्थानमा रहेको छ ।

चिसो लहर आज पनि पनि जारी रहने अनुमान गरिएको छ ।

मौसम एजेन्सीकाअनुसार, डिसेम्बर २६, १९९६ मा मङ्गोलियाको इतिहासमा सबैभन्दा चिसो मापन गरिएको थियो । त्यसताका तापक्रम माइनस ५५।६ डिग्रीमा झरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =