भाटभटेनीमा करेन्ट नुडल्सको फ्री टेस्टिङ्ग, १५ दिनसम्म चल्ने (तस्बिरहरू)
२०८० पुस ५ गते

काठमाडौँ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ ।
ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध छन् । जसको बजार मूल्य प्रति प्याकको रु। ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ ।
उपत्यका भित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको आजदेखि फ्री टेस्टिङ्ग भैरहेको छ ।
नेपालभरको भाटभटेनीमा आजबाट हुन गइरहेको करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








