न्यायाधीश अनुमोदनप्रति कांग्रेस नेता रायमाझीको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले सर्वाेच्च अदालतका लागि प्रश्तावित न्यायाधीशहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रश्तावित ६ जना न्यायाधीशको नाम अनुमोदन गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

समितिको बैठकबाट बाहिरिनुभएका उनले सञ्चारकर्मीहरुमाझ संसदीय समिति न्याय परिषद्को कर्मकाण्डी भएको जिकिर गर्दै त्यस्तो समितिमा सांसदहरुले बस्न नमिल्ने प्रतिक्रिया समेत दिए ।

नेता रायमाझीले प्रश्तावित न्यायाधीशहरुको गल्ती आंैल्याउदा पनि समितिले अनुमोदन गर्छ भने त्यस्ता समितिको काम नभएको पनि बताए ।

उनले भने– ‘जसरी अब यो न्याय परिषद्ले सिफारिस गरेर पठायो । त्यो विषयमा हामीले सुन्ने मात्रै काम ग¥यौं । जसलाई पठायो, उसको प्रश्तुती हामीले सुन्यौं । सुनेर हामीले त्यसमा पुरक प्रश्न पनि ग¥यौं । प्रश्न पनि ग¥यौ । तर पूरक प्रश्न गर्दै उहाँलाई लाञ्छना पनि लगायौं । तपाईले यो यो चिज गर्नुभयो पनि भन्यौं । तर भन्दाभन्दै पनि हामी अनुमोदन गर्न गईरहेका छौं । हामीले यो समितिलाई कर्मकाण्डीको रुपमा मात्रै उपयोग ग¥यौ क्या । त्यसकारण यो कर्मकाण्डी समिति बनाउने हो भने न्यायपरिषदले गरेको निर्णयलाई यहाँ ल्याउनुपर्ने जरुरी छैन । कर्मकाण्डीकोरुपमा मात्रै ल्याउने हो भने । होइन यहाँ ल्याएपछि गलतलाई गलत भन्न सक्ने हैसियत हामीले राख्न सक्दैनौं भने हामी सांसदहरु यो समितिमा बस्नु हुँदैन भन्ने मेरो मान्यता हो ।’

संसदीय सुनुवाई समितिको बुधवार बसेको बैठकले न्याय परिषद्ले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको थियो । तर समितिको सो निर्णयप्रति नेता रायमाझीको असन्तुष्टि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =