भारतमा कोरोना संक्रमित बढ्दै, नेपालमा जोखिम

काठमाडौं । भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन् ।
टाइम्स अफ् इन्डियाका अनुसार मंगलबार कोभिड–१९बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकी ९ दिन अघिसम्म जम्मा ९ सय ३८ जना मात्र संक्रमित थिए ।
सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेका हुन् । अहिले भारतमा संक्रमण बढ्नुको कारण कोभिड–१९ का नयाँ–नयाँ भेरिन्टको उत्पत्तिले गर्दा हो ।
भारतको केरलामा भर्खरै नयाँ भेरियन्ट भेटिएको थियो । अनुसन्धानकर्ताहरूले यसको नाम ‘पिरोला’ राखेका छन् । केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोआमा पनि भेटिएको छ ।
कतिपय अनुसन्धानकर्ताहरूले चिसो बढेका कारणले पनि कोभिड–१९को संक्रमण बढेको बताएका छन् । भारतमा मात्र हैन अमेरिका र युरोमा पनि ठन्डी यामसँगै कोरोना संक्रमण बढेको छ ।
अर्कोतिर मानिसहरूले लगाएका भ्याक्सिनको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोभिड–१९ को संक्रमण केही बढ्न थालेको बताइएको छ ।








