लेबनान-इजरायल सीमामा भएको भिडन्तमा हिजबुल्लाह लडाकुको मृत्यु
२०८० पुस ४ गते
एजेन्सी । लेबनान–इजरायल सीमानामा भएको भिडन्तमा एक हिजबुल्लाह लडाकुको मृत्यु भएको छ भने सर्वसाधारण नागरिक घाइते भएका छन् । दक्षिणपूर्वी लेबनानी गाउँ अल–मारीमा इजरायली आक्रमणबाट एक्को मृत्यु हुनुकासाथै केही सर्वसाधारणहरु घाइते भएको बताइएको छ ।
पाँच घरहरू ध्वस्त भएको छ भने अन्य २० घरमा क्षति पुगेको छ । हिजबुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेपछि अक्टोबर ८ देखि लेबनान–इजरायल सीमानामा तनाव बढेको थियो ।
हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा लेबनानी पक्षमा १५८ मारिएका छन् । जसमा १११ हिजबुल्लाह सदस्यहरू, एक लेबनानी सेनाका सिपाही, अमल आन्दोलनका एक सदस्य, हमास र इस्लामिक जिहादका १६ सदस्यहरू र २९ नागरिकहरू मारिएका छन् ।
२०८० पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








