बलात्कार गरेर कुवेत भागेका व्यक्तिलाई प्रहरीले ल्यायो काठमाडौं
२०८० पुस ३ गते

भक्तपुरमा एक महिलालाई बलात्कार गरेर फरार भएका व्यक्तिलाई कुवेतमा पक्राउ गरेर काठमाडौं ल्याइएको छ।
काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामालाई कुवेतबाट काठमाडौं ल्याइएको हो।
बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भईसकेकाे थियाे।
नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा पक्राउ गरेर लामालाई मंगलबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए।
लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएकाे छ। अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुल्न आएको थियो।
खोजतलास गरी पक्राउ गर्न इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
२०८० पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








