पेट्रोल चोरी गर्दा मोटरसाइकलमा आगलागी
२०८० पुस ३ गते

सुर्खेत । भेरीगंगा नगरपालिका–४ हर्य बस्ने २८ वर्षीय क्षितिज श्रेष्ठको भे.१० प ८६०८ नम्बरको मोटरसाइकलमा मंगलबार बिहान आगलागी हुँदा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएको छ ।
आफ्नै घर बाहिर पार्किङ गरी राखेको मोटरसाइकलबाट सोही ठाउँ बस्ने १९ वर्षीय कमल शाही र २४ वर्षीय पुरन बुढामगरले पाईपबाट पेट्रोल चोरी गरी पुनः जोड्न लाइटर बालेर पाइप तताउने क्रममा मोटरसाइकलमा आगलागी भएको बताइएको छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८० पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








