नेकपा एस, राप्रपाको बैठक आज पनि
२०८० पुस ३ गते

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । आजको बैठकमा विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । बैठक सोमवारदेखि सुरु भएको हो ।
राप्रपा बैठक पनि
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा कार्यसमितिमा पेस भएका प्रतिवेदन पारित गर्ने र आज नै बैठक सकिनेछ ।
२०८० पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








