पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवको नियुक्ति गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
२०८० पुस २ गते

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्तिको विषयलाई लिएर सर्वोच्चमा रिट परेको छ ।
अधिवक्ता सविन पोखरेलले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु कुमार खत्रीको नियुक्ति विधि र कानुन सम्वत नरहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
उनले विधिको शासन नभई स्वेच्छाचारी रूपले प्रशासनिक प्रक्रिया भन्दा बाहिर गएर सदस्य सचिवको नियुक्ति गरिएको भन्दै उनले गरेका निर्णय, विधि र पत्राचार गैर कानुनी रहेको बताएका छन् ।
उनले एकल स्वेच्छाचारी रूपले तोक आदेशको भरमा नभएर मूल्य र मान्यताका आधारमा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्त गर्न परमादेश माग गरेका छन् ।
साथै उनले सदस्य सचिव राजु कुमार खत्रीको नियुक्ति बदर गर्न समेत माग गरेका छन् । साथै उनले सदस्य सचिव पदको रुपमा काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरेका छन् ।
२०८० पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








