छुट्टाछुट्टै स्थानमा ७ जना मृत फेला

काठमाडौँ । दोलखा, भिमेश्वर नगरपालिका–१ देउराली मैदाने बस्ने ध्रुब प्रसाद उप्रेतीको छोरा ११ वर्षीय अबिरक उप्रेती आइतबार मृत अवस्थामा फेला परेका छन् ।

गत कात्तिक २७ गते देखी हराई बेपता भएका उनको खोजी गर्ने क्रममा सोही ठाउँ शव फेला परेको हो ।

त्यस्तै नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–९ भुताहा बस्ने ४८ वर्षीय हुम बहादुर कार्की आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, मलंगवा नगरपालिका–८ मलंगबाबा मन्दिरदेखि नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी २१ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै इलाम, फाकफोकथुम गाउँपालिका–४ स्थित खोल्से खोल्सामा सोही गाउँपालिका–१ लुमसुमदाङ बस्ने ६१ वर्षीय सुकमान थेगीम लिम्बू आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मंसिर २२ गते पाँचथरको रबी बजारबाट हराई बेपत्ता भएका उनको शव फेला परेको हो ।

त्यस्तै तेह्रथुम, लालीगुँरास नगरपालिका–८ सोल्मा बस्ने ६३ वर्षीय हरि बहादुर कार्की आफ्नै खेतको सुन्तलाको रुख मुनि आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, दुधौली नगरपालिका–३ झुगाँ बस्ने ३५ वर्षीय शुशिल धामी सोही ठाउँ बस्ने उनकै काकाको छोराको घरको दलानमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथर, फाल्गुनन्द गाउँपालिका–४ च्याव्लुङ बस्ने ५३ वर्षीय शेरहाङ चेम्जोङ आफ्नै खेतको पाखामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

शनिबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =