नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट बाइकमा सवार वडासदस्यको मृत्यु
२०८० पुस १ गते

काठमाडौँ । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका-१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी-२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो ।
उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए । बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको जानकारी प्रवक्ता पण्डितले जानकारी दिए ।
२०८० पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








