दुबईमा पक्राउ परेका कोमलराजलाई नेपाल ल्याइयो
२०८० मंसिर ३० गते

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा यूएईबाट एक अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।
ठगी आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको ब्युरोले जनाएको छ । उनीमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप छ ।
उनीहरु सबैबाट गरेर १ करोड ५५ लाख ९२ हजार ५२५ रुपैयाँ ठगी गरेको जाहेरीसमेत परेको छ ।
सीआईबीको अनुरोधमा इन्टरपोलले २०७९ साल जेठमा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
२०८० मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित








