नेपालमा भ्रष्टाचार बढेको देखेर विदेशी समेत अचम्मित हुन थाले : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचार बारे बिदेशी समेत अचम्मित हुन थालेको बताएका छन् ।
कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिदेशीका अगाडि शिर झुकाएर हिड्नु पर्ने अवस्था सिर्जना भएको बताए ।
उनले भने– ‘आजभोलि हरेक बिदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने?’
भ्रष्टाचार मुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउँने प्रतिबद्धता समेत कोइरालाले गरेका छन् ।
भ्रष्टाचारको अन्त्य नभए सम्म जति भाषण गरेपनि देश बिकास नहुने कोइरालाको तर्क थियोे ।
नेपाली कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने– ‘अहिलेसम्मको कांग्रेस कसरी चल्यो म त्यता जान्न तर अब कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारलाई प्रश्रय दिने छैन।’









