कांग्रेसको महासमिति बैठक सरेको सर्‍यै, अब फागुन ७ देखि बस्ने

काठमाडौं । नेपाली कांग्रेसले फेरि महासमिति बैठक सारेको छ । योसहित बैठक तेस्रो पटक सरेको हो ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गते गर्ने निर्णय गरेको नेता रमेश लेखकले बताए ।

पुस १६ देखि १९ गतेसम्म बस्ने तय भएको बैठक सारेको हो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ सम्म पु¥याएको थियो ।

यसअघि पुसको जाडोमा जिल्ला–जिल्लाबाट सदस्य आउन गा¥हो हुने भन्दै फागुनमा बैठक सार्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =