धनकुटामा केपी ओलीमाथि हातपातको प्रयास (भिडिओ)

धनकुटा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपातको प्रयास भएको छ ।

बिहीबार अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा हातपातको प्रयास भएको हो ।

फूलमालासहित स्वागत गर्न लाइनमा बसेका एक व्यक्तिले हातपातको प्रयास गरेका थिए । हातपातको प्रयास गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हातपातको प्रयास व्यक्तिले मादक पदार्थ सेवन गरेको पाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मकालुखबरलाई जानकारी दिए ।

पौडेलले भने सो व्यक्तिको व्यवहार शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको छ । उनी कुनै राजनीतिक कार्यकर्ता होइनन् ।

त्यस्तै, धनकुटाका एक नेताका अनुसार हातपातको प्रयास गर्ने नेकपा एमालेकै कार्यकर्ता भएको पाइएको छ ।

उनले मकालुखबर सँग भने उनी हाम्रै पार्टीका कार्यकर्ता हुन्, मादक पदार्थ सेवन गरी लाइनमा बसेका रहेछन्, अहिले हामी वसन्तपुरको सभामा छौँ, किन उनले यस्तो प्रयास गरे सोध्नै बाँकी छ ।

हातपातको प्रयास गर्ने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका स्थानीय महेश राई हुन् ।

अध्यक्ष ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा बिहीबार धनकुटा पुगेका थिए ।

भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *