भृकुटीमण्डपमा पौष ५ गतेदेखि ‘चोथौँ नेपाल फाईभ पि’ अन्तर्राष्ट्रिय प्रदर्शनी हुने 

काठमाडौँ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्प्रा. लि ले चाथोँ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्ने भएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले पौष ५,६ र ७ गते भृकुटीमण्डप, काठमाडौँमा चोथौँ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने जानकारी दिएको हो ।

उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् ।

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ्र प्रोसेसिङ्संग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

देश भरीबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कम्पनीले जनाएको छ ।

उक्त प्रदर्शनी मार्फत पाँच विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरूलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरू बिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ्मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ्स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ्मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहने छ ।

‘सप्लायर्स र उत्पादकहरूको साझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्ध नेपालको रेखाङ्कनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरूलाई भित्राउने छ’ नेपाल फाईभ पि एक्स्पो का आयोजकले दाबी गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =