वीरगञ्जले इलामलाई हरायो
२०८० मंसिर २७ गते

नेपाल सुपर लिगमा पुछारमा रहेको वीरगञ्ज युनाइटेडले स्पोर्टिङ इलामलाई पराजित गरेको छ।
दशरथ रंगशालामा बुधबार बेलुका भएको तनावपूर्ण खेलमा इलामले अग्रता लिए पनि जोगाउन त्यसलाई जोगाउन सकेन।
इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै वीरगञ्जले पहिलो जित दर्ता गरेको हो।
इलामका आशिष गुरुङले सुनिल खड्कालाई डिबक्स भित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । जसमा विलियम ओपोकुले गोल गरे।
त्यसअघि १५ औं मिनेटमा वीरगञ्जका ३ जना डिफेन्डरबाट बिट भएको बललाई आशिष चापागाईँले गोल गर्दै इलामलाई अग्रता दिलाएका थिए ।
तर ३३ औं मिनेटमा विशोन गुरुङले गोल गर्दै बराबरी गरेका थिए। तर अन्तिम समयको पेनाल्टी वीरगञ्जको पहिलो जितको आधार बन्यो।
जितपछि ५ खेलबाट ५ अंक जोड्दै वीरगञ्ज आठौं स्थानमा उक्लेको छ । ६ खेलबाट ४ अंक रहेको इलाम अन्तिममा पुगेको छ।
२०८० मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








