सुन्धारामा माइक्रो बसको ठक्करबाट ६ जना घाइते

काठमाडौँ मल अगाडि माइक्रो बसको ठक्करबाट ६ जना घाइते भएका छन्।

बुधबार साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने बा१ज ६११८ नम्बरको माइक्रो बसले ठक्कर दिँदा सडक किनारामा बस पर्खिरहेका यात्रुहरु घाइते भएका हुन्।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटना लगतै घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

अनियन्त्रित माइक्रोले बा५ख ८४१३ नम्बरको बसलाई पनि पछाडीबाट ठक्कर दिएको छ।

बसमा पनि सामान्य क्षति पुगेको छ। माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =