कांग्रेस नेता शेखर–गगन पक्षको भेला जारी
२०८० मंसिर २७ गते

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला जारी नै छ ।
बुधबार काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको थियो ।
भेलामा समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायत सहभागी छन् ।
भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासन लगायतका विषयमा छलफल भइरहेको छ ।
गत वर्षको माघमा पनि संस्थापनइतर समूहले यस्तै भेला आयोजना गरेको थियो । तर लामो समयदेखि यो समूहको यस प्रकृतिको भेला हुनसकेको थिएन ।
मंगलबार बस्ने भनिएको भेला नेताहरुबीच विवाद भएपछि आज बसेको हो ।
२०८० मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








