बैतडीमा छिमेकीको हत्या गरेको अभियोगमा एकजना पक्राउ
२०८० मंसिर २७ गते

फाइल तस्बीर ।
बैतडी । सुर्नया गाउँपालिका–३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा २९ वर्षीय तेज बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको हो ।
उनी आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा फेला परेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२०८० मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








