समाजवादी विद्यार्थी युनियनको प्रशिक्षण सकियो

जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध समाजवादी विद्यार्थी युनियन नेपाल केन्द्रीय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सकिएको छ ।

ललितपुरको बालकुमारीमा मंगलबार पार्टीका अध्यक्ष उपेन्द्र यादव र केन्दीय कार्यकारिणी समिति सदस्य एवम् वाग्मती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठले विद्यार्थी संगठनका अगुवा नेताहरूलाई प्रशिक्षण दिएका थिए ।

अध्यक्ष यादवले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी नेतृ सुशीला श्रेष्ठले राजनीतिमा लैङ्गिक सशक्तीकरणमा युवा विद्यार्थीको भूमिका विषयमा प्रशिक्षण दिइन् ।

कार्यक्रममा ५० जना विद्यार्थी नेताहरू सहभागी रहेको संगठनका अध्यक्ष रमेश यादवले जानकारी दिए ।

कार्यक्रममा युवा, विद्यार्थी खेलकुद संयुक्त संयन्त्रका प्रमुख रमेशबाबु श्रेष्ठ, विद्यार्थी संगठनका पूर्व इन्चार्ज अशोक यादवलगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =