ललितपुरमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली, एक पक्राउ

ललितपुर । ललितपुरको झम्सीखेलमा गोली चलेको छ ।

मंगलबार लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो ।

एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका एसपी रवीन्द्र रेग्मीले बताए ।

दाहिने खुट्टामा गोली लागेर घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

राईको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =