इरानद्वारा नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावना अस्वीकार
२०८० मंसिर २६ गते

एजेन्सी । इरानले नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावनालाई अस्वीकार गरेको छ ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले तेहरानले आफ्नो आणविक कार्यक्रममा नयाँ सम्झौताको कुनै आवश्यकता नदेखेको बताएका हुन् ।
इरानको राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा कनानीले इरान र विश्व शक्तिहरूबीचको सन् २०१५ को आणविक सम्झौतालाई औपचारिक रूपमा संयुक्त विस्तृत कार्य योजना (जेसीपीओए) भनेर चिनिने, परिमार्जन गर्न पश्चिमबाट आएको आह्वानको जवाफमा उक्त टिप्पणी गरेका हुन् ।
२०८० मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








