ठाकुरबाबा मन्दिरबाट चोरी गरेको शालिग्रामसमेतका सामानसहित एक पक्राउ

बर्दिया । ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको शालिग्रामसमेतका सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१ किलोग्राम तौल बराबरको ठूलो शालिग्राम १ थान, ३ सय ग्राम बराबरको शालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित सोही नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =