केबिएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार

काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केबिएल सेक्यूरिटिजले औपचारिक रुपमा धितोपत्र कारोबार सुरु गरेको छ ।

सोमबार कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले उक्त, कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरे ।

कारोबार शुभारम्भ गरे सँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबिएल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरे ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

कार्यक्रममा केबिएल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =