परस्त्रीसंग आपत्तिजनक अवस्थामा भेटिए वडाध्यक्ष

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केशव गौतम स्थानीय महिलासँग रंगेहात पक्राउ परेका छन् ।

प्रहरीका अनुसार धरान–१२ चतरालाईन स्थित शुभकामना होटेलको कोठाभित्र उनीहरू अर्धनग्न अवस्थामा थिए ।

वडाध्यक्ष गौतमले महिलालाई लिएर होटेल गएको थाहा पाएपछि स्थानीयहरू प्रहरी लिएर होटेल पुगेका थिए ।

पक्राउ परेका वडाध्यक्ष गौतमविरुद्ध महिलाका श्रीमान्ले उजुरी दिने तयारी गरिरहेको इप्रका धरानले जनाएको छ ।

रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले गौतम पक्राउ परेकोबारे नगरमा जानकारी आएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =